Quantcast
pixel

school trip from prison

2007.01.12






sandeep shah, 5 years. he is born in prison . her mom is accused of murder case.
she was raped by a police person in prison, than sandeep born. court order for punished seeta(mom),20 years jail. when i saw sandeep, catch photo n publish news about him.
after news, a international child welfare institute(SOS) , take-out from jail. now he is free for read n born independently. his mom in still jail.
after 2 years she'll be free.
धरानको साथी जनकऋषिले फोन गरेपछि उनको कामका लागि म पनि मोरङ कारागार गएको थिए । त्यहा जेलरसग कुरा गरेपछि थाहा भयो- सीता र उनको छोरा सन्दीपका विषयमा । मैले भेट्न चाहे । भेट्न पाइयो ।
सीतालाइ कर्तब्य ज्यान मुद्दामा अदालतले २० वर्षो सजाय तोकेको रहेछ । सिरहा कारागारमा पुपक्षमा रहदा सीता विरामी परेकी थिइन । उपचारका लागि बाहिर निकालिदा उनी अचेत थिइन । त्यहा कुनै एक प्रहरीले अचेत अवस्थाको फाइदा उठाएर यौन सर्म्पर्क राखेको उनले निकै पछि थाहा पाएको बताइन ।
त्यसको परिणामले सन्दीपको जन्म भएको उनको भनाइ छ । जन्मपछि अदालतले नाता कायम गरिदिएको बाबुले अझै स्वीकार गरेको छैन । बालकका विषयमा समाचार आउन सके कुनै बालबालिकाको संस्थाले लगेर हुकाउने पढाउने गरे सक्षम नागरिक बन्ने कुरामा शंका थिएन । मैले त्यही साझ अफिस आएर समाचार तयार गरें । अनि भोलीपल्ट प्रमुख समाचार बनेर जेलको डढडीबाट चिहाउ“दै गरेका सन्दीपको फोटो आयो । त्यो दिन विहानदेखि मेरो मोवाइल मैले तीनपटक रिचार्ज गरे । यति धेरै फोन आयो कि मेरो मोवाइलको पावर बेला बेलामा घट्थ्यो । पत्रकारिता यात्राको ६ वर्षा मैले पहिलोपटक आफुले लेखेको समाचार र फोटोको विषयमा यस्तो फोन र प्रतिक्रिया पाएको थिए ।
समाचार आएको केही समयपछि सन्दीपलाइ इटहरीको एसओएस बालग्रामले लगेको छ । उसलाइ लैजाने दिन कारागारले मलाइ फोन गरेको थियो । उसको फोटो हेदा त्यो विदाइको दिन ताजा भइरहन्छ ।


4 Comments
rxet42 God Bless him
rxet42 · 2007-01-12: 07:56
sloganmurugan what a story. happens all the time, across India! :(
sloganmurugan · 2007-01-12: 08:45
ashishsamdariya I got your mail ...thats great work you are doing..
I would like to take some real life pictures but didn't get any.
ashishsamdariya · 2007-01-12: 08:54
Biratnagar everywere we have real picture. need , which angle is suitable for photo.
Biratnagar · 2007-01-13: 01:14
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 332
 
pixel
« 2007.01.11
 
pixel
2007.01.13 »
pixel