The agitating workers affiliated to the Department of Road stage four-hour long chakka jam at Bhrikuti Chowk stretch of the highway in Biratnagar(NEPAL) on Wednesday. The workers staged demonstration across the country demanding permanent status, the festivals allowances and retirement at the age of 58.
(Photo : Bhim Ghimire )
फेसन जस्तै विरोध प्रदर्शन
स्थायी गरिनुपर्ने ,दसैं खर्च दिइनुपर्ने र ५८ वर्षे उमेरको हदबन्दी हटाइनुपर्ने लगायत अन्य सुविधाका लागि भएको सहमति अनुसार सरकारले काम नगरेको जनाउँदै सडक विभाग अन्तर्गतका मजदुरहरुले बुधवार दिउसो देशव्यापी धर्ना र प्रदर्शन गरे । विराटनगरमा उनीहरुले डिभिजिन सडक कार्यालयमा धर्नापछि कोशी राजमार्गको विजुलीअफिस चोकनजिक १२ बजेदेखि चार घण्टे चक्काजाम गरे ।
सानातिना असहमतिहरुमा सरकारले तुरुन्तै काम थाल्ने बानी बसेन । विरोध हुन्छ र, त्यो नोक्सानीको हदसम्म पुगेपछिमात्र कानमा बतास लाग्छ । राजमार्गमा बन्द र विरोध नेपालका लागि सामान्य भएको छ । विरोधमा बन्द गर्नेहरुको तर्क आ-आफ्नै छ । ती समय अनुसार जायज पनि हुन सक्छन । तर, सरकारको विरोधका नाउँमा अवरोध जहिल्यै जुनसुकै विषयमा हुन थालेको छ । गन्तव्य हिडेका सवारी र यात्रुलाइ अचानकको विरोधले बाधा दिनुभन्दा सरकारले राजमार्गमा बन्दलाइ निरुत्साहित पार्नु पर्छ ।
8
Comments
Good photos. I like the contrasts of colors, technologies in #2.