Quantcast
pixel

Nar Bahadur 84

2007.11.27



Nar Bahadur limboo, 84 years.
I found him at cpn maoist street protest programme, at biratnagar last week.
lack of litarecy can't rise post in party he says, working as a ACM in cpn (m).
विराटनगरमा माओवादीले सभा गरिरहेका दिन मेरो लेन्सबाट एक बृद्धलाइ देखे । माओवादी प्रवक्ता कृष्णबहादुर महरालाइ यिनी खुबै ध्यान दिएर सुनिरहेका थिए । अरुभन्दा फरक खालको 'लुक' भएकै कारण मैले तस्विर खिचें ,कुरा गरें । अगाडि बडेमानको साउण्ड बक्समा माओवादी नेताका भाषण गुन्जायमान भएका बेला कुरा अलि असहज पनि थियो । आँखा र कान केही कमजोर रहेको बताउने यिनले कुरा गर्न असजिलो मानेनन । अखबारमा छापिएन । कारण जे सुकै होस तर, ब्लगमा आज म यिनको बारेमा लेख्दैछु । यिनीसँग भएका कुराकानी संक्षिप्त थिए । जति भए उति यहा समावेश छ ।
धरानमा कुनै समय नगरपालिकाको प्लम्बर काम गरेका ८४ वर्षे यी बृद्धको नाम हो- नरबहादुर लिम्बू । परिवारमा छोराछोरीका लागि गर्ने दायित्व सकिएको सुनाउदै यिनले भने - म माओवादीमा एसीएम छु । यताउता डुल्छु , खबर जरुरी रहेका पार्टीलाइ दिन्छु । पढेको छैन । अनि पाटीमा ओहदा पनि बढेन । तर, सन्तोकै छ । बर्माबाट फिरेको हु । छ सालदेखि कम्युनिष्टमा लागेको हु । कम्युनिष्टका पर्चा छर्दा समातिएको म २०१० सालमा मोरङ जेलमा १३ महिना बसें ।
छोराहरु छन । उनीहरुको आफ्नै संसार छ । मेरो आफ्नै संसार । म त फिरन्ते जस्तै छु । जहा गए नि हुने , केही बित्दैन । अहिलेको देशको अवस्था बारेमा मलाइ लाग्छ - माओवादी नरम भएर कुरा बिग्रेको हो । अरु दलले दबाउन खोजेका छन ।
शब्द/तस्बिर : भीम घिमिरे
7 Comments
ranginkamaan nice portrait
ranginkamaan · 2007-11-27: 01:17
flemspar cool shots
flemspar · 2007-11-27: 05:29
neusnet A nice portrait!
neusnet · 2007-11-27: 08:39
NatinKool I really like these portraits, particularly the first one -- so full of expression.
NatinKool · 2007-11-29: 00:10
agandia Great portraits
agandia · 2007-12-03: 20:54
storytaylor wonderful. so much history in one single face. great
storytaylor · 2007-12-13: 05:45
pandodo Great portraits
pandodo · 2007-12-14: 15:36
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 247
Tagged: evergreen
 
pixel
« 2007.11.26
 
pixel
2007.12.13 »
pixel