pixel

जनताका भेषमा

2008.01.14



यी तस्वीर विराटनगरमा २०६४ पुस २८ गते शनिवार भएको कार्यक्रममा लिइएका हुन । सरकारमा रहेको सातदल गठबन्धनको प्रभावशाली घटक नेकपाएमालेले उसको मुस्लिम संगठन नेपाल मुस्लिम इतेहाद संगठनको पूर्वाञ्चल भेला गरेको थियो ।
विराटनगरको पाञ्चालीस्थित एमाले जिल्ला कार्यालयमा आयोजित सभामा महासचिव माधवकुमार नेपाल र मुस्लिम इन्चार्ज भनिएका प्रदीप ज्ञवालीलाइ उनीहरुको पहिरनमा देख्न पाइयो । नौलो लागेको होइन । तर महासचिवले भाषण पनि उर्दु मिश्रीत भाषामै गरे । रौतहट घर भएका माकुनेले बताए उनको घर आसपास मुसलमान बस्ती छ । अनि बोल्न समस्या छैन । भाषण रमाइलो रहयो ।
भेलामा भएका कतिले कसरी बुझे त्यो उनीहरु नै जानुन । गणतन्त्रको नारा हिट भइरहेको स्थितिमा कुनै पनि जाती र समुदायको भेषभुषामा नेताहरु देखिनु परिवर्तनको संकेत भन्नुपर्दछ । भेषभुषा लगाएर मात्र ती समुदायको हित हुन्छ भन्ने होइन । मुलुकमा विविधता छ बोलीमा समस्या भएपनि सबै नेताले सबै जातजातिका भेषभुषा लगाउन सक्छन । त्यो लुगा हो ।
जनकपुरमा जसले सभा गरोस मधेसी पहिरनको फेसन गरेकै छन । पछिल्लोपटक माओवादीका नेताहरुले पनि त्यसै गरे । मुल कुरा उनीहरुको माग अनुसारको परिवर्तका लागि नेतामा तयारी जरुरी छ । मुलुक यस्तो छ, जे गरुन ती दूरगामी छैनन । भएका काम वा निर्णय पुनरावलोकन हुन्छ । विरोध आए क्षतिको अवस्थासम्म पर्खने अनि आन्दोलितहरुलाइ थामथामथुमथुम पार्ने काममा नेता पोख्त छन । देश यसरी चल्न हुदैन ।
जनताकै बीचबाट उठेका नेताहरु भेषभुषा र भाषामा गुलिया कुरा गर्ने अनि काम उही पुरातन शैलीको । यस्तो चल्दैन । सोच दुरगामी हुनुपर्छ ।
3 Comments
agandia Very nice portraits
agandia · 2008-01-14: 07:37
Admit1 Great set, thank you for sharing
Admit1 · 2008-01-14: 17:02
sunshineand so much in the eyes
sunshineand · 2008-01-18: 13:43
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 232
Tagged: tradition
 
pixel
« 2008.01.09
 
pixel
2008.01.18 »
pixel