pixel

Cry

2008.05.02
bird's chaild crying from Nest.

नानीहरु सबै प्राणीका सुन्दर छन । मान्छे, पशुपंछी र कीटपतंग । माथिको तस्बिर गौंथलीका बचराका हुन । ०६५ बैसाख १७ देखि १९ सम्म तेह्रथुमको सदरमुकाम म्याङलुङ घुम्न पाइयो । पुगेको साँझ हामी बसेको होटल सामुन्ने अर्को होटलको मुलद्धार माथि गुँड रहेछ । विहान ७ बजे विराटनगरबाट हिडेका हामी भेडेटार र हिलेमा थामिएर म्याङलुङ पुग्दा साँझको ६ बजेको थियो । होटलमा ब्याग थन्क्याएर घुम्न निस्कदा गौथलीले बचरालाइ चारो ल्याउदै ख्वाउदै गरेको देखियो । म हतपत कोठा फर्किए , अनि क्यामेरा लिएर निस्के । निकै छिटो आउने र चारो खुवाइ फिर्ने गौथलीको क्रियाकलाप मोहक थियो । माउले ख्वाउदै गरेको खिच्न सकिएन । कारण म्यानुअल फोकस भएको ३०० एमएमको लेन्स चलाउनु परेको थियो र मैले क्यामराको इनबिल्ट फ्ल्यास चलाएको थिए । अनि माउ यति छिटो थियो कि कुनै कुनै क्याप्चर भएका सटमा पनि स्पीड मिलाउन हम्मे भयो । मैले त्यो दौरान सुट गरेका सबै फोटो ब्लगमा हालेको छैन ।
जे होस आफुले खोजेर खाने नहुन्जेल चारो खुवाउने परम्परा मान्छे, पशु र पंछीमा उस्तै छ । चारवटा बचरामध्ये जसले चारो पाउँथ्यो उ केही संयमित देखिन्थ्यो भने अरु चुचो खोलेर चिच्याउँथे ।
8 Comments
neusnet Great shot!
neusnet · 2008-05-02: 10:10
Najeli Amazing!
Najeli · 2008-05-02: 17:02
mojaroo fantastic post
mojaroo · 2008-05-02: 19:30
ronin53 :):):)
ronin53 · 2008-05-05: 03:35
sloganmurugan wow. one of ur best!
sloganmurugan · 2008-05-06: 07:18
redarrow That is so cute!
redarrow · 2008-05-06: 20:29
viralshah great shot..
viralshah · 2008-05-07: 22:36
camilleauteuil powerful
camilleauteuil · 2008-05-22: 05:19
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 207
 
pixel
« 2008.05.01
 
pixel
2008.05.07 »
pixel