pixel

chaildhood joy

2008.06.26
bath with mud



jump

for coments , plz mail
bhimphoto@gmail.com

local chaild enjoying Lohandra river at bhatigachh village, morang (NEPAL).

यसरी खिचिए यी तस्बिर
गत सोमबार अर्थात ९ असार २०६५ । उदघोष दैनिकबाट विष्णु पोखरेल भाइले फोन गरे । डलफिनको फोटो खिच्ने भए जिल्ला प्रहरी पुग्नु भनेर । म विराटनगरको पिपलचोकमा रहेको मेरो अफिसबाट हतार हतार निस्के । बाइकमा ५०/५५ को स्पीडमा म त्यहाँ पुगे ।
मोरङ थलाहामा काटेर भाग लगाउन लागेको माछो खोसेर ल्याएको बताएका प्रहरी र त्यहा भेला भएको भीड गाडीमा चिहाइरहेको थियो । त्यो गंगेटिक डलफिन रहेछ । नेपाल-भारतमा पाइने डलफिनको एकमात्र प्रजाति । टेलिभिजनमा कलावाजी खाँदै गरेका दृश्य देखेभन्दा भिन्न । खैरो रंगको भारी भरकम स्तनधारी जलचर । प्रहरीले बताए अनुसार ६ फिट ९ इन्चको यो जन्तु ८३ किलोको थियो । मैले हतपत स्नातकोत्तर क्याम्पसका सर डा. भरतराज सुब्बालाइ सम्झे । फोन गरें । उहाँ पनि हेर्न आउनुभयो । यति राम्रो जलचर पनि मारेर खाने दुस्साहस राख्ने मान्छे सर्वश्रेष्ठ प्राणी हो र भन्ने मलाइ लाग्यो । नरमाइलो पनि लाग्यो । संरक्षित भनिएका जन्तुको दुर्दशा सम्झेर ।
करीव सात वर्ष अघि कोशी बयारेजमा यस्ता डलफिनको कलाबाजी खिच्न जादाको बेला सम्झना भयो । त्यो बेला मसग भिभिटारको एसएल्आर एनालग क्यामरा थियो । माछोले पानीमा पुलुक्क ढाडमात्र देखाउथ्यो । क्लिक दर्दा गर्दै खिच्न सकिएन । अनि पछि थाहा भयो । यस्ता तस्बिर लिन हाइस्पीडको फिल्म र ट्राइपोट चाहिने रहेछ भनेर । मैले फेरि त्यस्तो प्रयास गरिन । त्यो बेला मेरो रोलको २० स्न्याप खेर गएको थियो ।
गत साता पनि एकाविहानै धेरैवटा फोन आएको थियो । लोहन्द्रामा अनौठो माछो देखियो । मान्छेले मार्ने प्रयास गरिरहेका छन भनेर । पुग्दा भेटिएन ।
सोमबार ल्याइएको जन्तु त्यही हो शायद । मरेको थियो । फोटो लिइयो । निकै दुर्गन्ध आइरहेको थियो । प्रहरीले त्यसलाइ तरहरास्थित मत्स्य अनुसन्धान केन्द्रमा जिम्मा लगाउने भन्दै लिएर गयो । बुधवार फेरि फोन आयो । डलफिन देखियो भन्दै । हामी खोजीमा हिडयौ । विराटनगरबाट करीव १२ किलोमिटर पूर्व दक्षिण भातिगछ गाविसमा लोहन्द्रा किनार पुग्दा त्यहा गोठाला मात्र भेटिए । माछो भेटिएन । तीन दिन अघिसम्म यस क्षेत्रमा देखिएको जोडी डलफिन हिजो-आज नआएको उनीहरुले बताए ।
जे गर्न गइयो त्यो पाइएन । अनि त्यहाँ नुहाउने गोठाला बालकहरुको चर्तिकला राम्रै थियो । उनीहरु क्यामरा देखेर उत्साहित भए । मैले पनि फोटो खिचिदिए । उनीहरुको बालसुलभ मानसिकता रमाइलो लाग्यो । फोटो खिच्दा मोटरसाइकल छाडेर खेतका आली आली हिडेर गलेको अनुभव केहीबेर हरायो । माथिका तस्विर यसरी खिचियो ।
8 Comments
sloganmurugan I wish i was that young again....
sloganmurugan · 2008-06-26: 05:41
ronin53 great post :):):)
ronin53 · 2008-06-26: 08:29
viralshah reminded me of my days..and that immortal song.."woh kagaz ki kasti"
viralshah · 2008-06-26: 09:56
sunshineand i love the jumping and splashing!
sunshineand · 2008-06-26: 13:00
mariaps Lots of fun! :)
mariaps · 2008-06-26: 20:49
storytaylor impressive. very good
storytaylor · 2008-06-27: 09:43
spartacus Great capture of energy!
spartacus · 2008-06-27: 12:57
ivanbenitez I haven't words to express what I feel.
Thank you.
ivanbenitez · 2008-06-28: 08:38
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 217
Tagged: nature
 
pixel
« 2008.06.24
 
pixel
2008.06.28 »
pixel