pixel

Interaction

2008.07.09

we r suffering from new deases, that is seminar culture. various organization present powerpoint data through laptop. they brief we done pooverty elegation & awareness programme in remote.
in all day discussion with good food & cocktail, participant avoit important assignments. govt officials happy to participate these type seminar, due to they feel bore duty. huge mass of media person haven't time to serch & collect reality about briefings . this trend making so bore.

this pic taken at A Banks programme, about present economic situation. speaker's sadow at powerpoint presentation.

अन्तर्क्रिया गोष्ठी र कार्यशाला

सुन्दै दिक्क लाग्ने शब्द भएका छन यी । आयोजना गरिन्छन अनि विधि पुग्छ । विराटनगरमा यस्ता कार्यक्रमले सञ्चारकर्मी हैरान छन । माओवादीको द्वन्द्वका बेला शान्ति स्थापना, द्वन्द्वपीडित, विस्थापित लगायत अनेक नाउका यस्ता कार्यक्रम आयोजना गरिन्थे ।
एक/एक विदेशी विज्ञ बताइएकाको सहभागीता हुने गोष्ठीमा घण्टौं बहस चल्थ्यो । अनि बेला बेलामा मिलेनियम गोल र अनेक नाउका सभा सेमिनार चल्थे । मुलुक संविधानसभा निर्वाचनको संघारमा रहेका बेला पछाडि पारिएकाहरु र मधेसीका नाउमा सभा गोष्ठी भए । जसको नाउमा गोष्ठी आयोजना हुन्थे तिनीहरु आउन नआउन तर अनुहारहरु सबैजसो गोष्ठीमा सहभागी हुने गरेकाहरु नै भेटिन्थे । अहिले पनि उस्तै छ । माथिको तस्बिर राष्ट्र बैंकले आयोजना गरेको छलफलको हो । कार्यक्रमले कस्ता निष्कर्ष तयार पार्छन त्यसको चिन्ता सहभागीलाइ हुदैन । चिन्ता गर्नेहरुको एउटै ध्येय भत्ता कति हुन्छ भन्नेमा केन्द्रित रहन्छ । सजिलो र सुगम ठाउँ जहाँ हवाइजहाजबाट राजधानीका कार्यक्रम सञ्चालक पुग्छन । कार्यक्रमको आयोजना गरिन्छ । कतिपय आयोजक गाउ गाउ पुगेर जीविकोपार्जन र चेतनामुलक कार्यक्रम चलाएको बखान पावरप्वाइन्टमा तयार पारेर ल्यापटप प्रोजेक्टर जोडदै भितामा देखाउँछन । उनीहरुले ती गाउमा परिचालन गरेका समाजिक परिचालकहरु के गर्छन कस्ता हुन अनि साच्चै काम भएकै हो भन्नेमा सञ्चारकर्मीलाइ पनि पुगेर छानविन गर्ने समय हुदैन । सञ्चारमाध्यममा तिनै डाटा छापिन्छन रेडियोले उही बोल्छन । राज्यका निकायमा दिनहु जनताका काम गर्नुपर्ने दायित्व भएकाहरु दिनभरि बहसमा बस्छन । ककटेल पनि चल्छ । कुरा ठूला ठूला हुन्छन/गरिन्छन । मुलुक यसरी नै चले भविष्य कस्तो विकराल हुने होला ।
7 Comments
ronin53 great shot and great text my friend, let's hope things will change anyway!!!
ronin53 · 2008-07-09: 07:24
jennye great post!
jennye · 2008-07-09: 09:11
urmysunshine Very interesting!!~ R
urmysunshine · 2008-07-09: 09:21
mcostiniuc inspirata foto
mcostiniuc · 2008-07-09: 11:43
sunshineand good shot.
sunshineand · 2008-07-09: 17:34
mojaroo simply beautiful
mojaroo · 2008-07-09: 19:13
NatinKool I love this picture & your comments. It seems that things haven't changed much in the last 12 years. Your comments made me think of this poem The Development Set by Ross Coggins
NatinKool · 2008-07-10: 00:50
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 170
Tagged: life
 
pixel
« 2008.07.06
 
pixel
2008.07.10 »
pixel