Quantcast
pixel

summer fruit

2008.07.13

photo taken at Biratnagar, mango vendor.

गर्मी मौसमको फल आँप । यसलाइ फलहरुको राजा भन्ने भनाइ पनि छ । यो मुख्यत खान हुने बेला जेठ-असार महिना हो । जमाना फास्ट छ । जे पनि बेमौसमी खान पल्केका हाम्रा लागि फागुन अन्तिम सातादेखि नै यो फल बजारमा भेटिन थाल्छ ।
हामीकहाँ छिटो आइपुग्ने आँप हाम्रै वरपर फलेको भने होइन । यो भारतबाट आउने हो । हामीकहाँ नफल्न पनि होइन । तर नुनदेखि सबै जीरा मसला र सियोदेखि कारखानासम्मका सामान भारतबाटै ल्याउने चलन घटेन । नेपालको हावापानी सुहाउँदो फलफुल पनि व्यवसायिक तवरले लगाउने बानी बस्न ढिलो भइरहेको छ । फलफुलमा आँपमात्र पारिबाट आउने होइन, स्याउ, सुन्तला, अंगुर , अनार, तरबुजा आदि आदि । जति सम्झयो धेरै कुरा उतैबाट आउँछ ।
माथिको तस्बिर विराटनगरको भृकुटीचोक नजिक जिल्ला प्रहरी जाने बाटोमा लिइएको हो । यी सबै आँप भारतबाटै आइपुगेका हुन । तस्बिरमा देखिएका व्यवसयीले बताए । उनले सिजनमा बेच्ने फलफुल सबै पारिबाटै ल्याएका हुन्छन । हामीकहाँ नफल्ने कुरा त ल्याएको ठीकै हो । तर, फल्ने कुरा त आयातको क्रम घटाउन सबैले ध्यान दिए राम्रो होला नि ।
गत मंसिरमा खोटाङको लामिडाडा विमानस्थलमा जहाज कुरेर बिताएका चार रात सम्झना हुन्छ । त्यहाँ त्यसबेला सुन्तला प्रशस्त थिए । हामी गाउलेको घर पुग्यौ । उनले आँगनमा बसाएर चियाको ठाउँमा सुन्तलाले स्वागत गरे । हामीले अघाउँजी खायौ । पैसा लिन मानेनन । विराटनगरमा प्रतिकिलो ३० रुपैयाँ पर्ने बेलामा त्यहाँ प्रति दाना एक रुपैयाँ पर्दो रहेछ । जहाज पाएपछि हामीले बोक्न मिल्नेगरि किनेर पनि ल्यायौ । त्यहाँ स्थानीयवासी जहाजको समय भएपछि बोटबाट हतार हतार टिपेर डोको लिइ विमानस्थल पुग्दा रहेछन ।
कारण, मोटरबाटोले नछोएको जिल्ला । जहाजबाट गए जाने । अन्यथा पैदल जानेले थोरैमात्र लैजाने । ढुवानी भाडाका कारण त्यहाँ सुन्तला फलाउनेहरुले उचित मूल्य पाउन नसकेका रहेछन । खोटाङको सुन्तलाका कुरा तराइको आँपसँग मिल्दैन । तर, हामीकहाँ सम्भावनाहरु छन् । हाम्रो माटो भारतको समतल भुभागभन्दा फरक छैन । अझ रसिलो होला । अनि लगाउने उत्साह भए नफल्ने कुरै छैन ।
सरकारको कृषि विभागसँग कार्यक्रमहरु छन । प्राविधिक पनि छन । उनीहरुले बालीविरुवाका लागि गरेको योगदानको बखानलाइ यसरी बजारमा डुलाइने फलफुलले गिज्याएको भान हुन्छ । राज्यले बाटो मात्र बनाइदिए आफ्ना उत्पादन बेच्ने जाँगर भएकाहरु कतै छन भने कतै सडक , विजुली लगायतका सुविधा भएपनि किनेर खानमै गर्व गर्ने बानी परेकाहरु छन् ।
बजार बस्नेहरुले पनि घरछेउमा एउटा विरुवा लगाउने गरे , विषादि र कार्वाइड चलाइएको फलफुल खानु पर्दैन ।
6 Comments
netwon sweet
netwon · 2008-07-13: 04:51
nirmala you can give 1 kilo, what a quantity
nirmala · 2008-07-13: 04:52
jennye great shot!!
jennye · 2008-07-13: 07:09
viralshah i lov mangoes
viralshah · 2008-07-13: 16:35
mojaroo NEAT SHOT..BUT IS DAT SWEET??? HA HA HA
mojaroo · 2008-07-13: 20:22
ashishsamdariya missin mangos here..in UK
ashishsamdariya · 2008-07-20: 03:55
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 176
Tagged: moments
 
pixel
« 2008.07.12
 
pixel
2008.07.15 »
pixel