You are either already subscribed or there was an error
Your entry has been submitted
Sorry, your entry could not be submitted
educational discussion
2008.07.18
Click here to add text
this year Nepal's educational ministry plan to drop certificate lavel from collage. govt's plan to setup that level in highschool. Tribhuwan University(TU) official says world stander is encourage +2, at highschool. TU vicechanceler's view came in media. but ministry not formally announce plan.
this is unexpected for student politics . leader anger . in Biratnagar , some student start reley hunger strike. they call strike for today in educational institute.
this is period for admission in +2, all private & community lavel +2 open admission. but govt's collage silence for this, they'll open or not. they r not officially clear for this vision. in this moment students leader says ' poor background student not able to join good +2, sothat necessary to call for admission in govt collage.
period of learning, me can't agree to do politics. they can bargen for good system,course n books. & this is 1st lability to govt officials to clear plan . lets hope be good.
प्रवेशिकाको नतिजा आएको महिना भयो । निजी प्लस टु र उच्च माविले भर्ना खोले । तर प्रमाणपत्र तहको भर्ना खोल्ने नखोल्नेमा सरकारी कलेजहरु अझै मौन छन । त्रिभुवन विश्वविद्यालयले यस वर्षेखि प्रमाणपत्रमा भर्ना नलिने उपकुलपतिको भनाइ सञ्चारमाध्यममा आयो ।
विराटनगरमा विद्यार्थीले रिले अनसन गरिरहेका छन । कलेज मौन छ । बिद्यार्थीको भनाइमा निजी प्लस टु र उच्च माविमा भर्ना हुन विपन्न परिवारका छात्रछात्राको हैसियत पुग्दैन । उनीहरुलाइ मार पर्यो । यो भनाइ केही हदसम्म जायज पनि हो ।
केही समयअघि शिक्षा मंत्रालयले सरकारी कलेजबाट प्रमाणपत्र तह हटाइ स्नातक तहबाट मात्र भर्ना लिने व्यवस्थाका लागि योजना गरेको भनाइ र्सार्वजनिक गरेको थियो । अहिले आधिकारिक रुपमा सो भनाइ बाहिर किन बाहिर नआएको भन्दै विद्यार्थी आवाज उठाइरहेका छन । भर्ना खुला नभएको विरोधमा आज विराटनगरमा विद्यार्थीहरुले निजी उच्चमाविहरु बन्द गराए । सरकारको भनाइ बाहिर आएन ।
प्रमाणपत्र तहमा भर्ना हुनेको संख्या निकै हुन्छ । पढाइका कुरा छदैछन । त्यो भीडले विद्यार्थी राजनीतिका लागि पनि टेवा हुन्छ । यसकारण कलेजहरुबाट प्रमाणपत्र तह हटाउनु भनेको राजनीति गर्न चाहनेका लागि हितकर नहुने एक खालको बुझाइ पनि छ ।
एसएलसी पास गरेकाहरुले भर्ना हुने बेलामा ढिलो गरि त्रिविले प्रमाणपत्रको भर्ना खोल्ने हो भने प्लस टु र उच्चमावि चलाउनेहरुको मिलेमतोमा शिक्षा मंत्रालयका पदाधिकारीले यसो गरेको अर्थ लाग्ने अवस्था छ । यदि प्रमाणपत्र हटाइएकै हो भने शिक्षाको भनाइ समयमै आधिकारिक रुपमा बाहिर आउनु पर्छ ।