pixel

Displaced

2008.09.01
Demanding relief at Bathnaha camp, Arariya district (INDIA)

how to be safe : pipul leaving home at Laxmipur village, Arariya District(INDIA)

river cut east-west Mahendra Highway, Laukahi, sunsari (NEPAL)

flood affected leaving home , Shreepur, sunsari District(NEPAL), flood affect nearly 50,000 pipul at Nepal

flood victims demanding relief, at Bathnaha, Bihaar(INDIA). koshi flood affect bihaar n Nepal.

बाढीमा खबर
सप्तकोशीले सुनसरीको पश्चिम कुशाहा-४ मा पूर्वी तटबन्ध कटान गरि बहावको दिशा फेरेको आज १५ औं दिन हो । यस बीचमा समाचारजन्य तस्बिरका लागि म निकै ब्यस्त भएँ ।
कोशीले कटान गरेको ठाउँमा करीव एक साता प्रत्येक दिन पुगियो । सुनसरीका पश्चिम कुशाहा, श्रीपुर र हरिपुर जलमग्न भए । लौकही र मधुवनका पनि केही भाग जलामय भयो । करीव २० हजारले घर छाडे । इनरुवाको सुनसरी क्याम्पससँगै सबैजसो सरकारी विद्यालयमा अहिले विस्थापितहरुको भरणपोषण जारी छ । राहतको ओइरो रोकिएको छैन । हरिपुर त्यो गाविस हो , जहाँबाट गत वर्षअन्तिममा पहाडे मुलका परिवारहरुलाई धपाइयो । मधेसी टाइगर्सका नाउँमा आएका धम्कीले उनीहरु थलो छाड्न बाध्य भए । अहिले ती परिवार चतरा र बांगेमा शरणार्थी जीवन बाँचिरहेका छन् । जे होस , मधेसी मुलका परिवारमात्र बाढी प्रभावित भएपनि राहत दिदा सहयोगीले मानवीय नाता विर्सेनन् । संकटमा राहत उठाउने काम पश्चिम हिमाली जिल्ला जुम्लासम्म पनि चल्यो , चलेकै छ ।
सञ्चारकर्मीका नाताले मैले तस्बिरहरु लिन दिन दिनै सुनसरी जाने क्रम जारी रह्यो । अस्ति भदौ १४ गते सीमावर्ती भारतको अररिया र सुपोलका केही गाउँ पनि घुम्न पाएँ । त्यहाँ नेपाली भुभागमा भन्दा बढि बिजोक रहेछ ।
सप्तकोशी भारतको कुरसैलाबाट गंगामा मिसिन्छ । कुरसैलासम्मको यात्रामा अहिले कोशीले धेरै क्षेत्र डुबाएको छ । भारतको विहार राज्यका ५ जिल्लामा करीव ५० लाखको जनसंख्या बाढी प्रभाति भएको छ । २७ लाखले घर छाडेका छन् । दुवै देशमा गच्छे अनुसारको उद्दार र राहत जारी छ ।
तीन वर्षदेखि कोशीको तटबन्ध मर्मतमा खटिएकाहरुको उदासिनताको सिकार ठूलो जनसंख्या भएको छ । प्रकृतिसँग मान्छेको केही लाग्दैन भन्दै उद्दारमा खटिएकाहरु ती ठेकेदारलाई सराप्न पछि परेका छैनन् । तर सरापेर मात्र केही हुने होइन । वर्षा नथामिएसम्म तटबन्ध पुनः यथास्थानमा उभ्याउन सकिने स्थिति छैन । भारतीय इन्जिनियरहरुको टोली अध्ययनमा लागेका छन । तर, अहिलेको प्राथमिकता नदिको धारसँग जोरी खोज्नेभन्दा पनि क्षति कम गराउनेमा केन्द्रित छ ।
6 Comments
qarqafoto super set

www.gargalar.blogfa.com
qarqafoto · 2008-09-01: 03:31
jennye fantastic post!!!
jennye · 2008-09-01: 06:03
Mertxe thank you for sharing it with the rest of the world, we need to know the reality
Mertxe · 2008-09-02: 14:24
????? hi Bhim. The photos is so moving! I just wanted to ask if i could use your photos for a Koshi flood relief flyer that i and my team will be organizing. Please let me know as soon as possible.
????? · 2008-09-10: 10:16
eljapa impressive and moving set
eljapa · 2008-09-21: 16:14
amomentseized Superb shots.. Thanks for sharing!
amomentseized · 2009-11-04: 21:32
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 284
Tagged: moments
 
pixel
« 2008.08.05
 
pixel
2008.09.16 »
pixel