You are either already subscribed or there was an error
Your entry has been submitted
Sorry, your entry could not be submitted
हजूरआमाको भत्ता
2006.12.31
95 years oldage counting releafe money, help from govt.
Click here to add text
95 years oldage counting releafe money, help from govt.
सशस्त्र द्वन्द्व चरमोत्कर्ष पुगेको बेला नेपाली सेनाले मोरङको जाते गाविसमा आयोजना गरेको घुम्ती शिविरमा यो तस्बिर लिइएको हो । त्यहाकी ९५ वषर्ीया बृद्धाले बृद्ध भत्ता थाप्दा यो तस्बिर लिइयो ।
कान्तिपुरले प्रथम पृष्ठमा छापेको यो तस्बिर मेरो लागि सधैं राम्रो उदाहरण मध्ये पर्छ ।
त्यहा लामो समयदेखि गाविस सचिव गएका थिएनन् । यी बृद्धाले त्यसदिन सात महिनाको भत्ता थापिन् र हात पर्ने वितिकै गनिन् ।सेनाले त्यो शिविरका लागि हामी सञ्चारकर्मीलाइ बख्तरबन्द गाडीमा बसाएर लगेको थियो । महेन्द्र राजमार्गमा पर्ने पथरी बजारबाट आठ किलोमिटर उत्तरमा रहेको जाते जाँदा मलाइ लागेको थियो कै माओवादीको घानमा परिने त होइन । तर, त्यस्तो केही भएन । साँझ अफिस फर्किएर फोटो मेल गरेपछि राती मलाइ फोन आयो हजूरआमाको बारेमा पाइएको डि6mे क्याप्सनमा भएजति मात्र हो । मैले हो भने । अनि विहानको पत्रिकामा त्यो फोटो प्रमुखताका साथ छापिएर आएको रहेछ ।