pixel

हुस्सु , आन्दोलन र स्कुल

2007.01.03







लोकतन्त्र आको छ । शायद यही कारण हो जताततै आन्दोलनको मौसम छ । शीतलहर चलेका बेला पनि आज कोशी अञ्चल अस्पतालका कर्मचारी आगो बालेर धर्नामा छन् ।
विराटनगरमा निजी क्षेत्रको नोबल मेडिकल कलेजपछि कोशी अञ्चल अस्पतालमा पनि आन्दोलन सुरु भएको छ । नोबेलमा कामबाट निकालेको विरुद्ध रिले अनसन , अञ्चल अस्पतालमा मंत्रालय पठाएको दरवन्दी सम्बन्धी फाइल सदर भएर नआएको टेन्सन । जे होस आन्दोलन भनेपछि हामी जाँगरिला छौ. अञ्चल अस्पतालमा कर्मचारी भन्छन् - मंत्रलयले हामीलाइ टेरेन , देखाइदिन्छौ । उनीहरुले आज अस्पतालको प्रशासन भवनमा ताला लगाए । तालाबन्दी अनिश्चितकालीन हो रे । उनीहरु सरकार झुकाउन चाहन्छन् । सरकारले तत्कालै प्रतिक्रिया दिएको छैन । हुन पनि हो , नेपाल सरकारले छिटो प्रतित्रिया दियो भने नेपाली समयको पालना कसरी हुन्छ । हरेक क्षेत्रमा संर्घष् सुरु भएर क्षतिको अवस्था आएपछि मात्र नपालीको चेत खुल्छ । धन्न् हो अहिलेसम्म सरकारमा नेपाली नै छन् । जसले जस्तो खालको आन्दालन गरोस अप्ठ्यारो पर्ने र्सवसाधारणलाइ हो । सरकार जनताको समस्या बुझछ भने यस्ता आन्दालनलाइ समयमै हुन नदिन समस्याको समाधानमा धयान दिनु उचित हुन्छ .
विराटनगरको अधिकतम तापक्रम आज ११ ड्रि्री सेल्सियस छ । चिसो मौसम त्यसबेला बढी अनुभव हुने रहेछ जब हामी मोटरसाइकल कुदाउँछौ । जे होस यो चिस्यानभित्र नगर क्षेत्रका विद्यालयमा विद्यार्थीहरु कहिले स्कुल खुल्छ भनि पर्खदै गरेका पनि भेटिए ।
निःशुल्क शिक्षा माग गर्दै पर््दर्शन र तोडफोडमा उत्रेको भीड थाम्न नसकेर तीन दिनदेखि बन्द सरकारी ३० वटा स्कुल बन्द छन् । अन्तिम टुङ्गो लगाउने जिम्मा पाएको माओवादी पार्टी कार्यकर्ताले बैठकमा सहमति गरेनन् रे । उनीहरु नमानेपछि कसैको केही लाग्ने भएन ।
जे होस आजको खबर यहि छ - चिसो मौसममा पनि अस्पतालमा आन्दोलन र विद्यालयमा तालाबन्दी यथावत ।
२०६३ पुस १० बुधवार
1 Comment
sloganmurugan cold day for u. :)
sloganmurugan · 2007-01-03: 04:38
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 345
 
pixel
« 2007.01.02
 
pixel
2007.01.04 »
pixel