pixel

rebel can change ?

2007.01.04












सजिलो छैन शान्तिको बाटो
एक दशकदेखि जहिल्यै माओवादीहरु समाचारका विषय बनिरहेकाछन् । उनीहरुले अख्तियार गरेको सशस्त्र व्रि्रोहको बाटो कति अप्ठ्यारो रहेछ भन्ने हेक्का उनीहरुलाइ पनि अझै नभइसकेको अहिले भान हुन्छ । कारण- व्रि्रोहको अवतरण सजिलो छैन ।
भुसमा लगाएको आगो अर्थोकमा जसरी सजिलै निभ्दैन । त्यसरी नै उनीहरुले सिकाएको व्रि्रोहको बाटोलाइ अहिले पुर्वी तराइमा 'ज्वाला सिंह'को नामबाट निरन्तरता दिने काम द्रुत गतिमा छ । आफुसहितको अन्तरीम सरकार र संविधानसभा निर्वाचनको र्सतमा माओवादीका शीष् नेताहरु राजनीतिक निकासका लागि तयार भएका छन् । अहिले मुलुकका विभिन्न स्थानमा खडा गरिएका अस्थायी शिविरमा माओवादीका लडाकु दुखजिलो गर्न थालेका छन् । व्रि्रोहको पाठ सिकाइएकाहरु कसरी यसरी बस्लान, कतिन्जेल । आज मात्रै सुनियो -माओवादीका केही लडाकुको समूह ज्वालाको जनतान्त्रिक तराइ मुक्ति मोर्चामा प्रवेश गर्‍यो । अब यो क्रम सुरु भयो ।
शान्तिपर्ूण्ा अवतरण चाहनेको संख्या लडाकुहरुमा बढि छैन भन्ने आशंका भइरहेको बेला समुदाय र जातीय नारा उठाएर संर्घष् चाहनेहरुले हतियारधारी जमातलाइ आफ्नो बल बनाउन थालेका छन् । सबै समस्याको निकास छ । तर, दल-व्रि्रोही राष्ट्रियताका विषयमा गम्भिर हुन जरुरी छ । महेन्द्र राजमार्गको रौतहटदेखि सुनसरीको कोशी ब्यारेजसम्म आइपुग्दा अहिले तराइ मुक्ति मोर्चाको कस्तो आतंक छ यात्री र चालकलाइ सोध्नु पर्छ । ढाका टोपी लगाएकाहरु त्यो बाटो नकाटिउन्जेल फुकालेर झोलामा राख्छन् । कहि कतै मानिसहरु भीड देखिए चालकको सातो जान्छ । तराइ मोर्चाको नारा साम्प्रदायिक भएको प्रचारमा आएको छ । उनीहरुले गरेको अपहरण , लुट र हत्याका समाचार बिक्री योग्य मसल बन्न थालेको छ । यस्तो हुनु बेठीक हो । समयमै उनीहरुको माग र यसमा गर्न सकिने पहलका लागि अगुवाहरु गम्भिर हुनुपर्छ । उनीहरुले आफ्नो माग राजनीतिक भएको दावी गरिरहेका बेला कुरा गर्न असजिलो हुदैन । भोली माओवादी जस्तै आतंककारीको विल्ला लगाइदिदा अर्को द्वन्द्वको दसक भोग्नुपर्ने नियति नहोला भन्न सकिन्न ।
ज्वाला समूहलाइ जन्माउने श्रेय माओवादीलाइ छ । तर, सरकारमा जान हतारिएको व्रि्रोही विषयमा मौन छ । कारण नेतृत्व पंक्तिमा मधेसीलाइ स्थान नदिएको आफैमा अप्ठ्यारो लागेर हुनुपर्छ । शान्ति सम्झौतामा हस्ताक्षरपछि नेपालीको आस सबैतिर शान्ति हो । त्यो हुन सकेन । सानो सानो समूहले आतंकलाइ निरन्तरता र आकार बढाउने काम गरेको छ ।
सरकार, दल र जिम्मेवार सबैले बेलैमा सोचौं ।
विराटनगर,२० पुस २०६३


2 Comments
sloganmurugan Hey, that's Prachanda himself :)
sloganmurugan · 2007-01-04: 22:45
suprit6313 Those soldiers/rebels are so young.. they neeed to drop their arms and go to college
suprit6313 · 2007-01-06: 03:38
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 417
 
pixel
« 2007.01.03
 
pixel
2007.01.05 »
pixel