pixel

पुस्तक,हात्ती र ओभरडोज

2007.01.21




















६३ माघ ६ गते शनिवार । कोशी टप्पु
उदघोषले आयोजना गरेको बनभोजको शैली फरक रह्यो । हात्ती चढेर पुस्तक विमोचन । नौलो भन्नु यही हो । भाषासेवी वालकृष्ण पोखेरल गुरुले चुच्चो , अनि छुच्चो कलम भएका नेपालीका अर्का गुरु कृष्ण वस्तीको पुस्तक 'चिन्तनका पाइलाहरु' को विमोचन गर्नुभयो ।
हात्ती उक्लिन हम्मे हम्मे मान्दै गुरुले विमोचन गर्नुभयो । वस्ती सरले उदघोषमा वर्षदिन लेख्नुभएका ५० वटा लेखहरुको संग्रह हो यो पुस्तक । भाषा खेलाउने खुबी भएका उहाका लेखहरुको टिप्पणी गर्दै कृष्ण अधिकारी दाइले भनेका कुरामा म सहमत छु । तीन खण्ड मान्नुपर्छ । आन्दोलन गर्न जगाउने,सजग गराउने र उपलब्धिको सदुपयोगमा जोड दिने खण्ड छन् वस्ती सरको पुस्तकमा । उहा“को कुरो खरो छ ।
बनभोज सम्झदै सबैलाइ हेक्का हुन्छ । विजुलीपानी र मस्ती । यस अर्थमा यस्तो रमाइलो पनि भएकै हो । केहीले भुइमा मुण्टो जोत्दै त्यसको परिचय दिए । केहीले स्पटमा भ्याएर झोलैमा हालेर पनि लगेछन् । विजुली पानीको रमाइलोमा भुल्ने नगन्य रहेपनि तिनले यो बनभोज सम्झदा आफुलाई सम्झनै पर्ने बनाए ।
1 Comment
Yoshi the first one is good
Yoshi · 2007-01-21: 06:33
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 332
 
pixel
« 2007.01.20
 
pixel
2007.01.22 »
pixel