You are either already subscribed or there was an error
Your entry has been submitted
Sorry, your entry could not be submitted
परिचयको खोजी
2007.01.24
Click here to add text
1
Click here to add text
2
नेता बिग्रिए , देश बिग्रियो
जनता, जात, , भुगोल, विकास र निकास
जसले जे भनोस,मलाइ चिन्ता छ
जो बोल्न सक्दैनन्,जो भन्न सक्दैनन्
अन्यायको जरो पहिल्याउन सक्दैनन्
म आ“खा, आवाज र मस्तिष्क हु“ ।।
चोर र बेइमानले भनेको सुन्नु हु“दैन
किनभने वर्षौदेखि हामीलाई चुस्तै, थिच्दै आएका छन्
म सत्य हु“ ,चिन्ता छैन किनकि तिमीहरु आवाज भएका अबुझ हौं
जे गरेनि हुन्छ,कसैले केही भन्ने छैन
त्यसैले म भन्छु .............
मेरो आवाज घन्काउ,मेरो बोलीमा बल देउ
किनभने त्रि्रै हितको कुरा म भनिरहेछु
ब्रि्रने भत्कने जे होस चिन्ता नगर ।।
कसैले चिन्ता गरेनि केही हुने छैन
हामी झुकाउनेछौ उनीहरुलाई
खोस्नेछौ ताज र खसाल्ने छौं तिनीहरुलाई
फगत मेरो के स्वार्थ छ र सुनौलो 'भोली' को कुरा गर्दामा
केही बोल्न परे ठाउ“मा म उभिनेछु
धेरै सुकिलाहरुले हामीलाई हेपेका छन्
उनीहरुले हाम्रै ढाडमा चढेर भाला घोपेका छन्
नभए छामी हेर त , त्रि्रो छातिभित्रको मुटु
छियाछिया छ कि छैन - यही बुझ म जे भन्छु ,गर्दै जाउ ।।
होम गर्दा चरु डढ्नेछ , डढ्नुपर्छ
हात डढ्न हु“दैन , किनभने म हात हु“
चरु नडढी होम हु“दैन , बल्दा पनि नपग्लने मोम हु“दैन
चिन्ता छैन हामी धेरै छौं , हामीमध्ये पनि चरु धेरै छौं
हात जोगाउ, चरु डढाउ अनि भन 'स्वाहा'
नया विहानमा तिमीहरुको काम फेरिने नहोला
तर, मेरो दिनचर्या फेरिनेछ ,एउटा खोजी पुरा हुनेछ
त्यसैले जाग, माग, भत्काउ अनि त्यो दिन देखाउ
जब हाम्रो 'मान' होस , मान्छेमा पनि मुटु भएकाहरु भनियोस
पछि कुरा गर्ने म छु ,काम गर्ने म छु
अनि तिमीहरु कसैको गल्तिमा,घडियाल आसु झार्न परे म छु ।।