pixel

फुल, मान्छे अनि जीवन चक्र

2007.04.09


नानीहरु,
मान्छेका , जन्तुका
अनि , फुलहरु
प्रिय पात्र तस्बिरका ।।

हो, मान्छे सबैका तस्बिर राम्रा आउछन्
कसले दावी गर्ने
दावी लाग्दैन
तर, फुल
कोपिला
मान्छे र जन्तुका ।।

हेराइमा भर गर्छन धेरै
कसरी किन के बताउन लिने
चित्रहरु
मौसम आउछ जान्छ
आफनो बैंसमा फुल सधै फुल्छन
मान्छे सधै फुल्दैन ।।

फुल मुस्काउछ
उ मुस्काएको हो होइन दावी लाग्दैन
किनभने बैंसमा मुस्काउनेहरु सबै फुल हुदैनन
उसको जीवन चक्र
हाम्रो जीवन चक्र
दाजेर हेरौं
उस्तै भनिदिन सकिएला
बैंस ढल्छ, तापनि जीवन चल्छ
चक्र यही हो
एकपटक मुस्काउनेहरु
एकपटक रमाउनेहरु
फेरि रमाउने मौसम आउदैन
त्यही हागामा अर्को कोपिलाको बैस आउला
तर, त्यही चक्र हामीजस्तै ।।
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 503
 
pixel
« 2007.03.28
 
pixel
2007.05.03 »
pixel