You are either already subscribed or there was an error
Your entry has been submitted
Sorry, your entry could not be submitted
steps
2008.07.12
Click here to add text
1
Click here to add text
2
Click here to add text
3
Click here to add text
4
Click here to add text
5
a 16 villagers group, start commercial vegetable farming. little area ,serious care,but they success to rise income within 2 month.
photo taken at : Sundarpur Vdc-1,goathgaun,morang(NEPAL)
गरे मात्र हुन्छ
यी तस्बिरहरु मोरङको सुन्दरपुर गाविस-१ गोठगाँउमा लिइएको हो । यसै साता म त्यहाँ पुगेको थिए । सुन्दरपुर चारकोशे बन क्षेत्रसँग जोडिएको मोरङको सुगम गाविस हो । यो पूर्वपश्चिम महेन्द्र राजमार्गबाट उतरमा पर्छ । विराटनगरबाट करीव २५ र इटहरीबाट करीव तीन किलोमिटर टाढा छ । १६ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती थालेका गाउँले उत्साहित थिए । उनीहरुले खेती थालेको दुइ महिनामै बोडीबाट राम्रो आम्दानी भएको बताए ।
अब खुर्सानी र भिण्डी तयारीका क्रममा छ । स्थानीय विकास कोषअन्तर्गतको गाउँ विकास कार्यक्रमले जग्गाको भाडा तिर्न सघाएपनि उनीहरुको उत्साहले प्रभावित पार्यो । गाउँ घुम्ने क्रममा धेरै किसानको गुनासो हुन्छ । खेती लगाएर राम्ररी जे फल्छ त्यसको भाउ पाइदैन । घाटा सहनुपर्छ । यो सत्य पनि हो । तर हामीसँग उपलब्ध जमिनमा सहरमा तत्काल बेच्न सकिने कुरा व्यवसायिक तवरले उत्पादन गर्ने बानी अझै बढेको छैन । धेरै ठाउ यस्ता छन जहा किसानहरु आफ्नो लागि मात्र खेती गर्छन । धेरै ठाउमा कृषि विकास र सहकारीमार्फत चेतना पुर्याउने काम भएको छ । किसानले काम पनि थालेका छन ।
काम गरे आम्दानी नहुने कुरै छैन । अहिलेको सजिलो के हो भने आफैमा जागरमात्र चाहिन्छ । अर्थोक जुटछ । गाउले पहिले जुटनु पर्छ । काम गर्नेलाइ खोज्दै स्थानीय निकायका कार्यक्रम आउँछन । संस्था पनि आउँछन ।
फलफुल वा तरकारी । एकजनाले एक थोकमात्र लगाए राम्रो हुन्थ्यो शायद । अनि उसले बेच्ने बाहेक छिमेकमा साटासाट पनि गर्न सक्थ्यो । जे होस । सुन्दरपुरमा खेतीको थालनी ठीक लाग्यो । क्षेत्र विस्तार गरि फैलाए अझ राम्रो हुनेछ । तस्बिरमा देखिएकी महिला सप्तकोशी समूहकी अध्यक्ष दुर्गा सुवेदी हुन् ।