pixel

a day at displaced camp

2008.09.22






photo taken at koshi flood affected's camp, jhumka sunsari.

विस्थापितका शिविरमा

इनरुवा । कोलाहल । उस्तै उस्तै । कोसी कटानबाट विस्थापित भइ यहाँका स्कुल कलेजमा आश्रय लिएकाहरुलाई अहिले झुम्का र लोकहीका शिविरहरुमा सारिने क्रम सुरु भएछ । हुन पनि कति दिन स्कुल कलेजमा राखिरहने । म एउटामात्र शिविरको कुरा गर्छु ।
झुम्कामा रहेको पुरानो चाइनिज क्याम्प । अहिलेको निर्माणाधीन क्षेत्रीय कारागार । यो झुम्का बजारबाट चतरा जाने बाटोमा करिव ५ सय मिटर उतरमा छ । यहाँ अहिले कोसीका विस्थापितहरु राखिएका छन । ३ सय २८ वटा टहरा बनाइएका रहेछन । यहाँ आइतवारसम्मका आइपुगेका परिवारको संख्या २७९ पुगेछ ।
त्रिपाल, ओढ्ने , ओच्छयाउने र खानेकुरा सबै विभिन्न दातृ संस्थाहरुले दिएका रहेछन । शौचालय बनाइ दिएछन । खानेपानीका ट्युवेल र धाराको व्यवसथा रहेछ । तर, फोहर छ यहाँ । खटिएका एक स्वयंसेवकले बताए । संयुक्त राष्ट्र संघीय शरणार्थी हेर्ने आइओएम मानेको थिएन रे । टहराको दूरिका विषयमा । तर बन्यो किनभने ठाउँ थोरै रहेछ ।
चुलो बनाउन ठाउँ दिइयो । तर, विस्थापितहरुले आफ्ना टहरासँगै चुलो बनाइछाडे । जिल्ला जनस्वास्थ्यले यहाँ उपचार शिविर पनि राखेको छ । टेलिकमले एक महिनाका लागि सीडीएमए फोन दिएको छ । विस्थापितले आफन्तलाइ देशविदेश र अन्य शिविर । जहाँ मन लागेपनि निःशुल्क फोन गर्न सक्ने रहेछन् । ५ वर्ष मुनिका केटाकेटीका लागि वर्ल्ड भिजनको सहयोगमा स्थानीय गैससले लिटो बनाएर वितरण गर्ने गरेको रहेछ । दुर्भाग्य । घीउमा बनाउने गरिएको भनिएको लिटो आइतवार पानीमा मात्र बनाउने तयारी थियो । कारण, घीउको खेप सकियो रे ।
आफ्नै चुल्हो बालेर खाना बनाउनका लागि विस्थापितहरुले दाउराको अभाव खेपिरहेका रहेछन् । त्यसैले झार पनि खुर्केर बाल्न सकिन्छ भन्ने थाहा पाएकाहरु दाउराको जोहोमा निस्कने गरेका रहेछन । शौचालय बनाइएपनि शिविर सफा देखिएन । लुगा दिइएको भनिएपनि धेरै नानी र युवाका आङमा लुगा देखिएन । अनि धेरैले भन्दै थिए । टहराको त्रिपालमुनि गर्मी हुन्छ । बस्न नसकिने भएको छ ।
8 Comments
jennye fantastic shots!!...but very sad!!
jennye · 2008-09-22: 03:13
kanigwe Great reportage
kanigwe · 2008-09-22: 09:54
redarrow This was a dreadful event.
redarrow · 2008-09-25: 20:36
ronin53 great dramatic reportage!!! BRAVO!
ronin53 · 2008-09-26: 06:25
sloganmurugan u have to see the destruction on the indian side
sloganmurugan · 2008-11-18: 03:04
Sarah I don't understand?
Sarah · 2009-01-06: 18:17
Sadness :(
Sadness · 2009-01-06: 18:18
amomentseized Heart wrenching! :(
amomentseized · 2009-11-04: 21:30
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 243
Tagged: moments
 
pixel
« 2008.09.16
 
pixel
2008.09.30 »
pixel