You are either already subscribed or there was an error
Your entry has been submitted
Sorry, your entry could not be submitted
easy travell
2009.04.18
Click here to add text
यो सवारीको वास्तविक नाम यकिन भएन । यो रिक्शा आकारमा ठेला हो । दुहवी-इटहरी सडक खण्डमा यो सर्वाधिक चलनमा छ । कारण - यस क्षेत्रमा लगातार भइरहने चक्काजाम । सुगुर ओसार्ने साधनका रुपमा चल्ती सुरु भएको यो सवारीलाइ धेरैले सुँगुरे रिक्शा भनेको सुन्न पाइन्छ । यसले मान्छे र समान बोक्छ । मान्छेले चलाउने यो साधन बन्दहरुमा पनि बन्द हुँदैन । त्यसैले यसलाइ बाधारहित सवारी मानिएको छ । काठमाडौं खाल्डोबाहिर अब बन्द कुनै नौलो घटना होइन । अझ अखबारहरुले बन्दले ठुलै बाधा नपारेसम्म खबर दिन छाड्नुले पनि मुलुकभरि कता कति दिन कसरी बन्द छ वा छैन , यात्रु ठाउमै पुगेर अलपत्र नपरेसम्म थाहा हुँदैन । जे होस यो सवारीले यात्रुको सेवा गरेको छ । चलाउनेले रोजगारी पाएका छन् । कहिलेकाही यी सवारी पनि बन्दको मारमा पर्छन । तर यिनीहरुलाइ पर्ने मार इन्जिनयुक्त सवारी जति लामो हुदैन ।